प्रेस युनियनको नवौँ महाधिबेशनमा ३१ जना निर्विरोध

हेटौंडा | साउन ७, २०७९

प्रेस युनियनको नवौँ महाधिबेशनमा ३१ जना निर्विरोध

हेटौँडा  :  नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । यसै क्रममा तीन राससकर्मीसहित ३१ जना निर्विरोध निर्वाचित भएका हुन् ।   

 

युनियनको नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्विरोध हुनेहरुमा रासस दाङकी कार्यालय प्रमुख नरायणी रजौरे, केन्द्रीय कार्यालयका छविलाल कुमाल र पाल्पाकी सुशीला रेग्मी रहनुभएको छ । त्यसैगरी अन्य निर्विरोध हुनेहरुमा समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, सचिवमा सहदेव चौधरी, केन्द्रीय सदस्यमा अशोक तिवारी र छायाचन्द्र भण्डारी हुनुहुन्छ । 

 

यसैगरी फुलमाया सुनार (फुलु), निमा वाङगेल लामा, अन्जना चौधरी, लक्ष्मीमान चौधरी, कमलाकुमारी चौधरी, जेविका कार्की, तेजना पण्डित, बालिका शिवाकोटी, रमा लुइँटेल, सुशिला सङ्ग्रौला, माया अधिकारी, सुवासकुमार सुनुवार, रीताकुमारी मगर, कौरव खत्री, अप्सरा पुडासैनी, निलीमा पौडेल, आत्मा गुरागाइँ, कृष्णकुमारी ढकाल, पूजा शर्मा, सृजनाकुमारी गौतम, जमुना न्यूरे, निर्मला भट्ट र नारद कोहार निर्विरोध चयन भइसक्नुभएको छ ।

 

प्रेस युनियनको केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समितिसमेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरिएकामा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष १२, महासचिव एक, उपमहासचिव छ, सचिव १७, कोषाध्यक्ष एक र केन्द्रीय सदस्य ७६ जनासमेत गरी कूल ११५ जना रहने व्यवस्था छ । त्यस्तै, केन्द्रीय लेखा समिति संयोजक एक र सदस्य चारजना समेत गरी पाँच सदस्य रहने व्यवस्था छ । कूल १२० पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको थियो । मनोनयन दर्ता नभएको अल्पसङ्ख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद छन् । अल्पसङ्ख्यक महिला केन्द्रीय सदस्यतर्फ एक जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन । उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा दुई जनाको कोटामा एक जनाको मात्रै मनोनयन दर्ता भएको थियो । बाँकी ८७ पदका लागि भने मतदान प्रक्रिया अगाडि बढेको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

थप पढ्नुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ।   निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन का...

थप पढ्नुहोस्

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्